वर्दिया शिवपुरका खगेन्द्रनाथ योगी, बाँकेका महमद सगिर खान, हारुन खान, निसार खान, मुगुका रनबहादुर रोकाया र वर्दिया जुमुनेका देवहादुर कँडेल र बाँकेका लिलबहादुर रोक्का मगरलाई उद्धार गरिएको डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। उनीहरु गएराती काठमाडौं आएका हुन्।
१ लाख रुपैयाँ म्यानपावरलाई बुझाएर प्लबर, हेल्पर लगायतका काममा आफूहरु गएपनि भनेको जस्तो काम नदिएको उनीहरुले बताए। उनीहरुले ७ महिनादेखि तलव पाएका थिएनन्। तलव नपाएपछि साउदीस्थित नेपाली दूतावासको ३ दिनसम्म सेल्टरमा बसेर उनीहरु स्वदेश आएका हुन्। उनीहरुले आफ्नो कम्पनीमा अझै ४३ जना नेपाली युवाहरु समस्यामा परेको बताए। उनीहरु पनि उद्धारको पखाईमा रहेको कडेँलले बताए।
0 comments:
Post a Comment