धादिङमा भाले जुधाई खेलको अन्त्य कहिले हुन्छ ? दुईथरि कानून बाँचिरहेको छ मेरो देश । बलियाको कानून र निर्धाको कानून …. शक्तिमा भएकाको कानून र शक्तिबाहिर भएकाको कानून

धादिङको एउटा खबरले देशैभरि व्यापक चर्चा पायो । वन अतिक्रमण गरेर निर्माण गरिएका रेडियो धादिङ र स्नेह केन्द्रको भवनमाथि मध्यरातमा आक्रमण गरियो र ध्वस्त पारियो । रेडियो, पत्रपत्रिका, अखबार, सामाजिक सञ्जालहरू यसैका सञ्चार सामाग्रीहरूले भरिए । सडकदेखि सदनसम्म यो समाचारले तरङ्ग ल्यायो ।



‘यो राजनितिक प्रतिशोध हो’ एकथरिले भनेका छन, सडकमा उत्रेका छन र सदनसम्मै विरोधका चर्का आवाजहरू पुर्याएका छन भने अर्काथरि जपिरहेछन – मनपरी वन अतिक्रमण गरेर बनाइएका भवनहरूमाथि सरकारले कानूनसम्मत रुपमा कार्वाही गरेर राजनीतिक पहुँच र शक्तिका आधारमा हैकमवादी प्रवृत्ति जमाउदै ‘जहाँ जे गरेपनि हुन्छ’ भन्ने प्रवृत्तिको अन्त्य गरेको छ, सरकारी काम कारवाही नियमकानुन अनुसार ठिकै भएको छ ।

युद्धकालीन समयको द्वन्दग्रस्त कालखण्डमा भएका भौतिक संरचना विध्वंसका पीडादायी दृष्यहरू ताजा गराउने यस्ता तस्विरहरूले देशको राजनैतिक वेथिति र विसंगतिको कालो अनुहार पुन एकपटक सार्वजनिक गरेको नमिठो आभास भएको छ ।
SHARE

About Sambad

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment