प्रचण्डले भारतमा फेरि केटाकेटीपनको कुटनिति देखाए : नारायणकाजी



काठमाडौं, २ कात्तिक । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीलाई लिएर तिव्र असन्तुष्टि पोखेका छन् । मंगलबार एक साता चीन भ्रमणको लागि उता प्रस्थान गर्नु अघि प्रधानमन्त्री दाहाललाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेता श्रेष्ठले हालै भारतको गोवामा सम्पन्न ब्रिक्स सम्मेलनमा भारत, नेपाल र चीनवीच त्रिदेशीय साझेदारी भयो भनेर समाचार बाहिर ल्याउनु अपरिपक्व कुटनीति भएको भन्दै गुनासो पोखेको स्रोतले जनायो ।

उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘त्रिदेशीय साझेदारी भयो भनेर किन बाहिर कुरा ल्याउनुभयो, यो त्रिदेशीय साझेदारीमा सहमति हुनु खेलाँची कुरा हो र रु, यस्तो कुरामा यहाँलाई थाहा हुनुपर्यो नि ।’ उनले प्रतिक्षालयमा भएको जम्का भेटलाई यसरी त्रिपक्षीय भेटवार्ता भनेर गलत प्रचार गरेकोमा तिव्र आक्रोश पोखेका थिए ।नेता श्रेष्ठ आफ्नै पार्टीको नेतृत्वमा सरकार भएपनि यसको कार्यशैलीप्रति आफू सन्तुष्ट नभएको भन्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डको ध्यानाकार्षण गराए । रिपोर्टसनेपालडटकमबाट
SHARE

About Sambad

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment