नेपाल टेलिकमको दसैंमा अफरै अफर

काठमाडौँ, २० असोज । राष्ट्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले विगत वर्षहरूमाजस्तै यस वर्ष पनि हिन्दुको महान् चाड दसैँ, तिहार र छठको अवसरमा विभिन्न अफर तथा छुट दिने भएको छ । टेलिकमले दसैं, तिहार र छठलाई मध्यनजर गर्दै विभिन्न ७ प्रकारका अफर सार्वजनिक गरेको हो । सो अफरमा टेलिकमले मोबाइल कल, डाटा र रिचार्ज गर्दासमेत अफर र बोनससम्म दिएको छ । साथै टेलिकमले जीएसएम तथा सीडीएमए पोष्टमेड मोबाइलमा असोज २८ गतेदेखि कात्तिक २८ गतेसम्म एक महिना ५० एमबी डाटा निःशुल्क उपलब्ध गराउने भएको छ ।
यस्ता छन्, टेलिकमका सात अफरहरूः
डाटा अफर:
नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए मोबाइलका ग्राहकलाई डाटा र निःशुल्क भ्वाइस तथा एसएमएस अफर सार्वजनिक गरिएको छ । असोज १५ देखि २९ गतेसम्म र कात्तिक १२ देखि २१ गतेसम्म एक सय एमबीको डाटा ५० रुपियाँमा र २५० एमबी डाटा एक सय रुपियाँमा उपलब्ध हुने छन् । यस्तै ५० रुपियाँको डाटा प्याकेज लिने ग्राहकले १० मिनेट भ्वाइस कल र १० वटा एसएमएस बोनस स्वरुप सित्तैमा पाउने छन् । २५० एमबी डाटा लिने ग्राहकले २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन पनि सक्ने छन् । १ सय एमबी डाटाको अवधि ५ दिनसम्म र २ सय ५० एमबी डाटाको अवधि १० दिनसम्म रहने टेलिकमले विज्ञप्तिमा जनाएको छ ।
नाइट डाटा अफरः
राति १० बजेदेखि बिहान ६ बजेसम्म पाँच सय एमबी डाटा ४० रुपियाँमा र एक हजार दुई सय एमबी डाटा ८५ रुपियाँमै प्रयोग गर्नसकिने छ । यसैगरी ४० रुपियाँको प्याकेज ७ दिन र ८५ रुपियाँको प्याकेज १५ दिन भित्रै प्रयोग गर्नुपर्नेछ । नाइट डाटा अफर असोज १५ देखि ३ महिनासम्म उपलब्ध हुने टेलिकमले जनाएको छ ।
भ्वाइस कलमा छुट
असोज २२ देखि २९ सम्म र कात्तिक १४ देखि २० सम्म टेलिकमको मोबाइलबाट टेलिकमकै अर्को मोबाइलमा कल गर्दा अहिलेभन्दा १० प्रतिशत कम शुल्क लाग्ने भएको छ ।
एसएमएसमा अफर:
टेलिकमका सबै मोबाइलमा असोज २२ देखि २९ सम्म र कात्तिक १४ देखि २० सम्म एसएमएसमा ५० प्रतिशत छुट उपलब्ध हुनेछ ।
लोकल कलमा थप एक सय कल निःशुल्क:
ल्यान्डलाइन र सीडीएमए ‘सि’ फोनबाट लोकल कल गर्दा असोज र कात्तिक महिनामा थप सय कल न्यनुनत शुल्कभित्रै पर्ने भएका छन् ।
इन्टरनेटमा भ्यालिडिटी थपः
दसैंको समयमा असोज २२ देखि असोज २८ सम्म म्याद सकिने एडीएसएल, वाइम्याक्स र फाइबरका ग्राहकको अवधि असोज २९ गतेसम्म र तिहार तथा छठको समयमा कात्तिक १४ देखि कात्तिक २० गतेसम्म थपिने टेलिकमले जनाएको छ ।
प्रिपेडमा टक टाइम:
जीएसएम र सीडीएमए प्रिपेड मोबाइलमा एक सयभन्दा बढी पिनलेस रिचार्ज गर्नेलाई १० प्रतिशत टक टाइम बोनस थपिने भएको छ ।
SHARE

About Sambad

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment