सवारी दुर्घटनामा परी प्रहरी जवानसहित दुईजनाको मृत्यु

bike accident

नवलपरासी, २१ असोज । नवलपरासीको परासी भुमही सडकखण्डअन्तर्गत रामग्राम–१२ पचगाउँमा गएराति भएको सवारी दुर्घटनामा परी एक प्रहरी जवानसहित दुई जनाको मृत्यु भएको छ ।
परासीबाट भुमहीतर्फ जाँदै गरेको बा ६ च ४८१५ नंको बोलेरो जिप र विपरीत दिशाबाट आउँदै गरेको ल २६ प ६९२१ नंको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालक नवलपरासी सुनवल–१ निवासी २७ वर्षीय विजय थापाको घटनास्थलमा नै मृत्यु भएको हो ।
SHARE

About Sambad

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment